जीवनशैली

गृह जिल्लाका अस्पतालहरुको अनुगमनमा निस्किए राप्रपा सांसद लिङ्देन


      २०७७ कार्तिक १३, बिहीबार १७:५७

झापा । झापाबाट प्रतिनिधीसभामा राप्रपाका तर्फबाट प्रतिनिधीत्व गरिहेका सांसद राजेन्द्र लिङदेनले झापाका बिभिन्न चारवटा अस्पतालहरुको अनुगमन गरेका छन् । उनले आज झापास्थित भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पताल, भद्रपुरकै ओमसाई पाथीभरा अस्पताल बिर्तामोडस्थित मनमोहन, बिएण्डसि अस्पतालको अनुगमन गरे । स्थानीय नेता, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थितिमा सांसद लिङ्देन बिभिन्न अस्पतालहरुको अनुगमनमा निस्किएका हुन् । पछिल्लो समय कोभिड १९ को बहानामा झापाका अस्पतालहरुले सामान्य रोगका विरामीलाई समेत भर्ना लिन नमान्ने परिपाटी बढ्न थालेपछि सांसद लिङ्देनले सामाजिक सञ्जालमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका थिए । तर विरामीले उपचार नपाएर ज्याननै गुमाउनु पर्ने अवस्था आउँदासम्म अस्पतालहरुले न्युनतम मानवीय संवेदनासमेत देखाउन छाडेको भन्दै सांसद लिङ्देन अनुगमनमा निस्किने योजना बनाएका थिए । उनले अनुगमनमा निस्किने कुरा केही समय अघिनै सामाजिक सञ्जालमै सार्वजनिक गरेका थिए र आफ्नो अनुगमनमा सहभागिता जनाउनका लागि झापाली नागरिकहरुलाईपनि आह्वान गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु