जीवनशैली

उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको मुल गेटमै ताला, प्रतिष्ठानले सहमति कार्यान्वयन नगरेको आरोप


      २०७७ कार्तिक १३, बिहीबार १८:३४

मोरङको उर्लाबारी नगपालिका वडा नम्ब ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको मुल गेटमै ताला लगाईएको छ ।
प्रतिष्ठानको स्थापना कालदेखी कार्यरत एक कर्मचारी मुक्तीनाथ दाहालले कार्यालय भित्रै आत्महत्या गरेपछि उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै प्रतिष्ठान पक्ष र पीडित परिवार पक्षबिच बिभिन्न सहमति गरिएको थियो । तर उक्त सहमति कार्यान्वयनमा प्रतिष्ठान पक्ष गम्भि नभएके भन्दै आजबाट पीडित परिबारले आन्दोलन थालेको हो ।
प्रतिष्ठानका सबै गेटमा ताला लगाउँदै मुक्तिका भाइ मदन दाहाल लगायतले भएका सहमति अक्षरस तत्काल कार्यान्वयन गरिनुपर्ने माग राखेका छन् । उनीहरुले सबै कर्मचारीलाई आज बाहिर निकालेर बिहान ताला लगाएका छन् ।
यता प्रतिष्ठानले सहमति पूरा गर्न र घटनाको बिषयमा यथार्थ पत्ता लगाउन एक समिति गठन गरिएको छ । समितिले दशैं अघि २ दिन काम गरेको छ । यता सो प्रतिष्ठानका कर्मचारीहरु पनि आन्दोलनमै रहेका छन् । त्यस्तै नेकपा उर्लाबारीले उच्च स्तरीय छानविनको माग गर्दै आएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु