जीवनशैली

गाैरादह नगरपालिका दशै पछिपनि बन्द


      २०७७ कार्तिक १३, बिहीबार २१:२३

झापाको गौरादह नगरपालिका र वडा कार्यालय दशैं पछिपनि केहिदिन नखुल्ने भएको छ । नगरपालिकाले दशैं विदा सकिए लगत्तै सुचना जारी गर्दै अझै केहिदिन कार्यालयहरु नखोलिने जानकारी गराएको हो ।

नगर प्रमुख रोहित कुमार साहको हस्ताक्षर सहित आज जारी गरिएको सुचनामा नगरपालिका र वडा कार्यालय कार्तिक १३ र १४ गते नखुल्ने जनाईएको छ । त्यस लगत्तै शनिवार सार्वजनिक विदा रहेको छ ।

सुचनामा कोरोना संक्रमण बढेको कारण नगरपालिका र वडा कार्यालयबाट हुने स्वास्थ्य र दमकल सेवा बाहेकका सबै काम बन्द गरिएको जनाईएको छ । नगरमा कोरोना संक्रमण बढेको कारण जनाउदै कार्तिक ४ गते आकस्मिक रुपमा बन्द गरिएको नगरपालिका र वडा कार्यालयहरु त्यसयता निरन्तर बन्द छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु