जीवनशैली

चलचित्र उद्योग धरासायी बन्दै, स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गराई हल खोल्न दिन माग


      २०७७ कार्तिक १५, शनिबार १३:४१

नेपालमा विभिन्न उद्योग व्यवसायहरु सुचारु भएसँगै चलचित्र व्यवसायीहरुले पनि स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर चलचित्र उद्योगहरु सञ्चालन गर्न पाउनु पर्ने चलचित्र व्यवसायीहरुले माग गरेका छन् । सरकारले चलचित्र व्यवसाय खुल्ला गर्न अनुमति दिएको खण्डमा सरकारले तोकेको मापदण्ड पालना गरेर चलचित्र उद्योग सञ्चालन गर्ने आफुहरुको प्रतिबद्धता रहेको नेपाल चलचित्र व्यवसायी महासंघको भनाई छ ।

कोरोना भाइरसका कारण चलचित्र व्यवसायीक क्षेत्र पनि प्रभावित भएको समयमा सरकारले मनोरञ्जन कर भने उठाइरहेको भन्दै व्यवसायीहरुले आक्रोश व्यक्त गरेका छन् । चलचित्र उद्योग सञ्चालनमा नआएसम्मका लागि सरकारले उद्योगहरुको कर मिनाहा गर्नुपर्ने नेपाल चलचित्र व्यवसायी महासंघको माग छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु