#

झापामा साथीकाेे हत्यारा जेल चलान


झापा, असाेज १८
धारिलो हतियारले रेटेर हत्या गरेको अभियोगमा शिवसताक्षी–८ का ३२ वर्षीय मनकुमार लिम्बु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मनकुमारले गत भदौ १७ गते शिवसताक्षी–११ का २९ वर्षीय गोमनसिंह मगरको हत्या गरेको प्रहरीले जनाएको छ । सो घटनाको अनुसन्धानपछि प्रहरीले झापा जिल्ला अदालतमा मुद्धा पेश गर्दा अदालतले अभियुक्त मनकुमारलाई पुर्पक्षका लागि कारगार चलान गर्ने आज (विहीवार) आदेश गरेको हो ।

आपसमा मिल्ने साथी रहेका मनकुमार र गोमनसिंह बहराइनमा लामो समय बसेर घर फर्केका थिए । दुबैबीच लेनदेन कारोवार रहेको थियो । मनकुमार आफैले घुम्न जाऔं भनी गोमनसिंहलाई अफर गरेका थिए ।

गोमनसिंहको मोटरसाइकल चढेर दुबै जना झिलझिलेको जंगल गएका थिए । जाँदै गर्दा बाटैमा बाइकको पछाडि बसेका मनकुमारले सुनियोजित रुपमा गोमनसिंहको हत्या गरेको प्रहरीको भनाई छ ।

हत्या भएको भोलिपल्टै प्रहरीले अभियुक्त मनकुमारलाई पक्रिएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु