
झापा — झापाको गौरादहमा गत सोमबार हत्या गरिएको अवस्था शब फेला परेको बिषयमा प्रहरीले अनुसन्धान तिब्र पारेको छ ।
घटनाबारे थप अनुसन्त्रान गर्न भन्दै प्रहरीले मृतकका श्रीमान भिम भण्डारीलाई नियन्त्रणमा लिएको छ । गौरादह नगरपालिका वडा नं १ की ६५ वर्षिया पार्वता भण्डारीको शब घरभित्रको खाटमुनि दुवै हात पछाडी बाँधिएको अबस्थामा सोमबार बेलुका फेला परेको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुर झिकाएर डग स्न्याफिङ गराएको थियो । तत्काल कुनै प्रमाण फेला नपरेपनि प्रहरीले यतिबेला घटना घरभित्रैबाट घटाएको हुन सक्ने आशंकामा मृतकका पतिलाई नियन्त्रणमा लिएर आवस्यक सोधपुछ गरिरहेको बताईएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया