
झापा — केन्द्रमा मन्त्रीमण्डल हेरफेरको तयारी तिब्र रुपमा भईरहँदा गाउँस्तरमा भने बिभिन्न सांसदका बारेमा मन्त्री बन्ने चर्चा चल्न थालेको छ । यसैक्रममा झापामा भने यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालको नामलेपनि निक्कै चर्चा पाईरहेको छ । यस अघि पनि दाहाल मन्त्री बन्ने निक्कै चर्चा चलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली आफैले सम्हाल्नुभएको शहरी विकास मन्त्रालयमा दाहालको चर्चा थियो । तर ठिक त्यसैबेला पार्टी भित्र आन्तरिक किचलो सुरु भयो र दाहालको चर्चा मात्रै हैन मन्त्रमिण्डल हेरफेरको बिषयनै सेलाउन पुग्यो । त्यसपछि पार्टी भित्रको आन्तरिक बिबाद साम्य भयो र पुन मन्त्रीमण्डल हेरफेरको बिषय चर्चामा छ । यहि बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबिच दिनहुजसो छलफल भईरहेकोपनि छ । नेकपा निकट श्रोतका अनुसार यस पटक मन्त्रीमण्डल हेरफेर हुँदा झापाका दाहालपनि नयाँ मन्त्रीमण्डलमा अटाउने चर्चा छ ।
को हुन् त मन्त्री बन्ने लाईनमा रहेका दाहाल ?
झापामा लामो समय देखि राजनीतिको मियो बनेका, नेकपाका केन्द्रिय सदस्य समेत हुन् दाहाल । २०३६ सालको बिद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका दाहालले तत्कालिन नेकपा एमालेको झापा जिल्लको नेतृत्व तहमा चार कार्यकालसम्मको अनुभब बटुलेका छन् । २०३८ साल देखि पार्टी जिम्मेवारी सम्हाल्न थालेका दाहाल २०४५ जेष्ठमा तात्कालिन नेकपा(माले)को (भुमिगतकालमै) झापा जिल्ला कमिटीमा सामेल भएका थिए । यस्तै ०४५ देखि २०५१ सम्म नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा बसेर कार्य सम्पादन गरे भने २०५१ देखि २०५३ जेष्ठ २२ गते सम्म नेकपा एमाले जिल्ला कमिटी उपसचिवको कार्यभार पनि सम्हाले । २०५३ जेष्ठ २३ गते देखि २०६६ भाद्र २७ गते सम्म नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवका रुपमा चौथो झापा जिल्ला अधिवेशन देखि सातौं जिल्ला अधिवेशन सम्म लगातार ४ कार्यकाल सम्हालेका उनी कुशल संगठकका रुपमा चिनिन्छन ।
के भन्छन् झापालीहरु ?
देबेन्द्र दाहाल मन्त्री बन्ने चर्चाले यतिेबला झापामा बजार पिटेको छ । झापाका नेता कार्यकर्ता माझ सुपरिचित उनको मन्त्री बन्ने चर्चा चलेसँगै झापालीहरुमा उत्साह थपिएको देखिन्छ । राष्ट्रिय युवा संघ झापाका अध्यक्ष सम्भु भण्डारी अब राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहाललाई मन्त्री बनाएर युवाहरुको आवाज समेट्न पार्टी नेतृत्वलाई सुझाव दिन्छन् । युवाहरुमाझ लोकप्रिय र पार्टी र संगठन प्रतिमात्र हैन देशप्रतिनै दाहालको निष्ठा रहेकाले उनलाई मन्त्री बनाउनुपर्ने नेकपा झापाका कार्यकर्ताहरु बताईरहेका छन् ।
फेसबुकमा तपाईको प्रतिक्रिया