#

गौरादह हत्याकाण्ड – पतिले पत्नी मारेको प्रहरीको दावी


गौरादह/ झापाको गौरादहमा गत सोमबार एक महिलाको हत्या भएको बिषयमा प्रहरीले अनुसन्धानका लागि उनकै श्रीमान भिम भण्डारीलाई पक्राउ गरेर म्याद थप गरेको छ ।
सोमबार गौरादह १ की मनमाया भण्डारीको हत्यामा सलग्न भएको आरोपमा प्रहरीले हिजो बिहिवार उनलाई पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पण्डितका अनुसार पोष्टमार्टम रिपोर्ट र अभियुक्तले दिएको बयानका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले आज झापा जिल्ला अदालतबाट मृतकका श्रीमान भण्डारीलाई ७ दिनको म्याद थप गरिएको हो । दमक प्रहरी प्रमुख पण्डितका अनुसार अनुसन्धान जारी रहेको र अहिलेसम्मको अनुसन्धानमा घटनास्थलमा भण्डारी रहेकोे र उनलेनै हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपी अनुसन्धानको प्रकृया पुरा नभएकाले ७ दिनको म्याद थप गरिएको पण्डितले बताउनुभयो । झापाकै कमल १ घर भएकी भण्डारीको असोज १३ गते बेलुका साढे ४ बजेतिर शब फेला परेको थियो । अभियोग लागेका भण्डारी भने गौरीगञ्ज गएको दाबी गर्दै आएका थिए । प्रहरीका अनुसार भण्डारी दम्पती नाती नातिना पढाउनका लागि ५ बर्ष यता गौरादहमा बस्दै आएका थिए । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार हथौडाले हानेर हत्या गरिएको छ । मृतक भण्डारीका २ छोरा छन् । प्रहरीले हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको उल्लेख गरेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु