देश

नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्रिपरिषद पुनर्गठन तयारी र राजनीतिक नियुक्तिको विषयमा छलफल हुने


      २०७७ आश्विन १७, शनिबार ०८:४१

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार (आज) बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बोलाउने सहमति भएको हो ।

पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।

सबै विषयलाई सचिवालय बैठकमै छलफल गर्ने अध्यक्षद्वयबीच सहमति बनेको नेकपा स्रोतले जनाएको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु