
पूर्वपश्चीम राजमार्ग अन्तर्गत झापाको दमकस्थित क्याम्पसमोड नजिकै आज साझ दुई वटा मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा पाँच जना घाईते भएका छन ।
दुर्घटनामा एक युवती र ४ युवक घाईते भएका छन् । पश्चिमबाट पूर्ब जाँदै गरेकाेे काे २५ प ६१८१ नम्बरकाे माेटरसाइकलले बिपरित दिशाबाट आउदै गरेकाे मे ११ प २९२७ नम्बरकाे माेटरसाइकललाइ ठक्कर दिदा दमक ४ का मनिस अधिकारी,राजन श्रेष्ठ,पूर्ण बहादुर श्रेष्ठ,दमक ९ का भिमराज श्रेष्ठ र सम्झना राइ घाइते भएकाेे दमक ट्राफिकले जनाएको छ । घाइते मध्ये सम्झना र राजनलाइ उपचार लागि विएण्डसी अस्पताल विर्तामोड तर्फ लगिएको छ भने २ जनाको निम्स अस्पताल र एक जनाको लाइफलाइन अस्पतालमा उपचार भइरहेकाे छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया