
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुँदा मुलुकका विभिन्न पाँच प्रदेशमा हल्का वर्षा भएको छ । उत्तरपश्चिम वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश १, प्रदेश २, बागमती,गण्डकी र प्रदेश ५ मा वर्षाको पूर्वानुमान गरिएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया