#

काईदाको ठगि धन्दा, बिरामीको कागजात देखाएर पैसा उठाउँदै गर्दा प्रहरीको फन्दामा


सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा बिरामी भएको कागजात देखाएर ठगी गर्ने तीन युवक पक्राउ परेका छन्।

विभिन्न अस्पतालको कागजातसहित उनीहरुले इटहरी–२ स्थित देविथानको क्षेत्रमा स्थानीयसँगै छोराको मिर्गौलामा समस्या भएको, कान नसुन्ने, आँखा नदेख्ने भन्दै रकम माग्दै आएका थिए।

पटक–पटक विभिन्न बहानामा अमन मगर, मदन खत्री, र ललित गिरीले पैसा माग्ने गरेको भन्दै स्थानीयले आजित भएर प्रहरीलाई खबर गरेका थिए।

खबरसँगै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका प्रहरीले उनीहरुको शंकास्पद गतिविधि अनुसन्धान गरेका थिए। प्रहरीको टोलीले तीनै जनाले झुठो बहानामा आर्थिक सहयोग मागी ठगी गर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार पक्राउ पर्नेमा धरान १६ गैरीगाँउका २१ वर्षीय अमन मगर, भोजपुरका २५ वर्षीय मदन खत्री र झापाका ४२ वर्षीय ललित गिरी रहेका छन्। उनीहरु तीनै जना धरान १६ गैरीगाँउमा बस्दै आएको प्रहरीले जनाएको छ।

बिरामीको बाहानामा स्थानीयलाई हैरानी दिएपछि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु