#

सरकारले भन्यो, यसपाली आफु बसेकै ठाउँमा दशैं मनाउनुस्


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्यसंस्थाबाट प्रदान भइरहेका स्वास्थ्य सेवा तथा शुल्कको अवस्थाबारे अनुगमन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अनुगमनको लागि गुणस्तर अनुगमन तथा नियमन महाशाखाले काम अगाडी बढाउने बताए ।
डा गौतमले अस्पतालहरुमा ६ हजार वटा हाइ डिपेन्डिसेन्सि युनिटको व्यवस्था गर्ने गरी प्रति प्रदेश ५ सयका दरले र २५ सय काठमाडौं उपत्यकाका लागि गर्ने तयारी निती योजना तथा अनुगमन महाशाखाले तयारी गरेको बताए ।

उनले कोरोना संक्रमणको दर बढ्दै गएकाले सबै प्रकारका बैठक, सेमिनार तथा गोष्टि नगर्ने र नगराउन पनि आग्रह गरे ।गौतमलले दशै जो जहाँ छौं त्यही बसेर बनाउनुपर्ने बताएका छन् । उनले कोरोना संक्रमण बढ्दै गएको भन्दै दशै निजिकिदै गएकाले जो जहाँ छौं त्यही बसेर दशै मनाउन आग्रह पनि गरेका छन् ।

उनले कोरोना संक्रमणका कारण डाक्टरको पनि निधन भएकोले कोरोना केही होइन भनेर सामान्य नसोच्न आग्रह गरे । डा गौतमले उपत्यकाका अस्पतालहरुमा राखिएका लक्षण विहीन कोरोना संक्रमितहरुलाई १० दिनमा कोरोना परीक्षण गरि रिपोर्ट नेगेटिभ आएका डिस्चार्थ गर्न मिल्ने बताए ।
यस्तै लक्षण नभएका संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न सकिने पनि उनले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु