#

दाउरा काट्न जादा ईलाममा हागाले लागेर एकजनाको मृत्यु


जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाकफोकथुम–४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिनुभयो ।

काट्दै गरेको रुखले अर्को रुख लडाउँदा उनीको टाउकोमा लागेको जनाइएको छ । शव परीक्षण गर्न लागेको प्रहरीले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु