#

झापामा बजार नपाएपछि बाख्रालाई तेजपत्ता


विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिँदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा परेका छन् ।मेचीनगर नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ताको बोट हुर्काएका छन् । विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी तेजपत्ता किन्न गाउँगाउँ डुल्थे । यसपालि कोरोनाको डरले बाहिरबाट व्यापारी आएका छैनन् ।
चिया, मसला र औषधिको रुपमा प्रयोग हुँदै आएको तेजपत्ताको बोट हुर्किएको तेस्रो वर्षदेखि हरेक वर्ष तीनपटक यसको पात टिपेर उत्पादन गरिन्छ । सुगन्धित र स्वादिष्ट हुने भएकाले खानेकुरामा पकाएरसमेत यसको उपभोग हुने गरेको छ ।मेचीनगर–४ आमडाँगीमा १५ बिगाहा निजी जग्गामा चियाखेती गर्दै आएका व्यावसायिक किसान रवि नेपालले चियाको बोटलाई छाया दिन पाँच हजारभन्दा बढी तेजपत्ताको बोट हुर्काएका छन् । बाहुनडाँगीमा एक सयदेखि १० हजार बोटसम्म तेजपत्ता हुर्काएका किसानको संख्या एक हजारसम्म हुनसक्ने उनी बताउँछन् । तर कति किसानले यसको खेती गरेका छन् र यसबाट के–कस्तो लाभ भइरहेको छ भन्ने बारेमा अहिलेसम्म सरकारी तहबाट खोज भएको छैन ।
बाहुनडाँगीमा मात्र ५० देखि ६० करोड रुपैयाँ मूल्य बराबरको तेजपत्ता बर्सेनि उत्पादन हुने देखिन्छ । बजारीकरण हुन नसकेर तेजपत्ता बोटमै खेर गइरहेको र कतिपयले बाख्रालाई घाँस खुवाउने गरेको पाइएको छ । विसं २०६७ देखि तेजपत्ता खेतीमा लागेका नेपाल बन्धु कृषि फर्मका सञ्चालक रवि नेपाल आफूले अलिकति भए पनि प्रशोधन र ब्रान्डिङ गरेर प्रदेश नं. १ को अधिकांश बजारमा तेजपत्ताको बिक्री गर्दै आएको बताउँछन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु