
प्रदेश १ सरकारले विराटनगरमा रहेको विराटनगर विमानस्थललाई स्तर उन्नतिको लागि समझदारी पत्रमा हस्ताक्षर गर्न बन पर्यटन उद्योग मन्त्रालय सचिवलाई अनुमति प्रदान गरिएको छ ।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले आर्थिक बर्ष ०७७ /०७८ को लागि प्रदेश लोकसेवा आयोग तथा योजना आयोगका अस्थाई दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।प्रदेश लोकसेवा आयोगको आर्थिक बर्ष ०७६ /०७७ को बार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सो बैठकले प्रदेश प्रशिक्षण केन्द्र संचालन र व्यवस्थापन नियमावली २०७७ लाई स्वीकृति गर्ने निणय गरेको छ ।
सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको व्यावसायीक तथा विकास तालिम केन्द्र झापा र ओखलढुङगामा अस्थाई दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।
फेसबुकमा तपाईको प्रतिक्रिया