#

मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत एक जना कर्मचारी मृत फेला


दमक/झापाको दमक ४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत एक जना कर्मचारी आज मृत फेला परेका छन ।
सो प्रतिष्ठानमा कार्यरत अन्दाजी ४० बर्षिय मुक्तिनाथ दाहाल दिउँसो करिब एक बजेतिर मृत भेटिएको खबर प्रहरीमा आएको छ ।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले दाहाल प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको पुष्टि गरे । उनको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको डिएसपी पण्डीतले बताए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु