
मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमणका कारण एक जना शिशुको मृत्यु भएको छ । भद्रपुर–८ का दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोनाको रिपोर्ट आएको थियो । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो।
शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो। स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु अस्पताल प्रशासनले जनाएको छ।
फेसबुकमा तपाईको प्रतिक्रिया