#

झापाको भद्रपुर नगरपालिका तीन दिनका लागि बन्द


समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि झापाको भद्रपुर नगरपालिका तीन दिनका लागि बन्द गरिएको छ । नगरपालिका बोर्डले बुधबार देखि २३ गते शुक्रबारसम्म प्रशासनिक, फिल्ड लगायत राष्ट्रिय परिचयपत्रका लागि भइरहेको फोटो खिचाउने कार्यसमेत रोक्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले जानकारी दिनुभयो । समुदायमा फैलिँदै गएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सेवाग्राहीको भीड हुने नगरपालिकाको प्रशासनिक काम तीन दिनका लागि बन्द गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । “भीडभाडले कोरोनाको जोखिम अझै बढ्न सक्छ”, उहाँले भन्नुभयो, “त्यसैले नगरपालिका बन्दको निर्णय गरिएको हो ।” मंगलबार मात्रै भद्रपुरमा एक महिलासहित आठ जना स्थानीयबासीमा कोरोना देखिएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु