#

राप्रपा झापा अध्यक्षमा गौरादहका अम्बर बिष्ट, पार्टी एकता समायोजन सम्पन्न


झापा – राप्रपा र राप्रपा (संयुक्त)को एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेकै दिन झापामा पनि यी दुई पार्टीबीच एकता समायोजन सम्पन्न भएको छ । आज आयोजित एकता समायोजन समारोहबाट अम्बर बहादुर बिष्टको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको हो । केन्द्रमा दुई पार्टीबीच एकीकरण भएलगत्तै जिल्ला कमिटीहरुले पनि समायोजनको काम तयारी गरेका थिए । सोही अनुसार अहिलेसम्म धनकुटा, दार्चुला, बाग्लुङ, धनुषा, कञ्चनपुर, पाल्पा, धादिङमा समायोजन भइसकेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु