#

विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या, तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा दृष्टि समस्या देखियो


झापा — ‘दृष्टिप्रतिको आश’ भन्ने नाराका साथ नेपालमा पनि विश्वदृष्टि दिवस आज मनाईएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ । जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा दृष्टि समस्या देखिएको छ । आँखा सेवाको पहुँच भएमा झण्डै एक अर्ब मानिसको अझै पनि दृष्टिको जगेर्ना गर्न सकिने आँकलन छ । नेपालमा कुल जनसंख्याको शून्य दशमलव ३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको पछिल्लो तथ्याङ्क छ । यो समस्या सन् १९८१ को सर्वेक्षणमा शून्य दशमलव ८४ प्रतिशत जनसङ्ख्यामा रहेको पाइएको थियो । अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए पनि जनसंख्या वृद्धि र ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको समस्या बढ्दो छ । हरेक बर्ष अक्टुबर ८ तारिखमा आँखाका रोग त्यसबाट जोगिने उपायका बारेमा जनचेतना फैलाउने उदेश्यले यो दिवस नेपालमापनि मनाउने गरिएको नेत्र रोग बिशेषज्ञ डाक्ट राजेश प्रधानको भनाइ छ । आँखाको बिशेष ख्याल गर्नपनि डाक्टर प्रधानले आम सर्बसाधारणलाई सुझाव दिएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु