
झापा । आँखा नदेख्ने हात्ती जुन तेलपानी र अासपासका जंगलमा घुमिरहेकाेे थियाे । त्याे हात्तीलाइ तेलपानी जङ्गलभित्र डाट (गोली) हानिएको छ ।
वर्षौदेखि झापाको विभिन्न स्थानमा उपद्रो मच्चाउँदै आएको यो भाले (मत्ता) हात्तीको उपचारका लागि वेहोश बनाउन गोली हानिएको बताइएको छ ।
मेचीनगर–३ स्थित तेलपानी जङ्गलमा साे हात्तीलाई फेला परेकाे थियाे । हात्तीलाई एक बन रक्षकले बेहोश बनाउने औषधि मिसाइएको गोली प्रहार गरेका थिए ।
हात्ती रहेको झाडीको नजिकै चितवनबाट आएका चिकित्सकहरु, जिल्ला बन कार्यालयका अधिकृत र बन रक्षकहरु हात्तीको उपचार गर्दै छन
फेसबुकमा तपाईको प्रतिक्रिया