#

झापामा फेरी लकडाउन हुने हल्ला मात्रै हो – प्रमुख जिल्ला अधिकारी तिम्सिना


कोरोना संक्रमण बढ्दै गएपछि फेरि लकडाउन हुन सक्ने अनुमान गरिएको छ । अनुमानका आधारमा लकडाउन बारे व्यापक हल्ला समेत चलिरहेको छ ।

व्यवसायी फेरि लकडाउन हुन सक्नै भन्दै त्रासमा व्यवसाय गरिरहेका छन् । लामो समयको लकडाउनले चौपट्ट बनाएको मानव जीवन फेरि समस्यामा पर्ने भन्दै लकडाउन बारे चिन्ता शुरु भएको छ । झापामा असोज २६ गतेदेखि लकडाउन हुने भन्ने हल्ला नै शुरु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय संक्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकालेको थियो । मन्त्रालयले कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर ‘सीसीएमसी’लाई उक्त सिफारिस गरेको थियो । दुई सातापछि सक्रिय संक्रमितको संख्या २५ हजार नाघिसकेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले लकडाउन बारे कुनै निर्णय नभएको बताएका छन् । उनले बजारको हल्लाको आधारमा लकडाउन नहुने बताए ।

झापामा अहिल्यैको अवस्थामा लकडाउन गर्नुपर्ने स्थिति छैन, प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भने– तर , उच्च सतर्कता अपनाउन जरुरी छ । जिल्लामा लकडाउन गर्ने बारे अहिलेसम्म कुनै निर्णय नगरिएको उनको भनाई छ ।

प्रजिअ तिमिल्सिनाले नजिकिएको चाडवाडमा संक्रमण फैलिन सक्ने जोखिम रहेको बताए । उनले जोखिमलाई मध्यनजर गर्दै दशैं, तिहार र छठसम्मलाई जिल्ला तहमा व्यवस्थापनका लागि निर्णय हुन्छ । चाडवाडमा भीडभाड बढ्ने भएकाले त्यसको लागि मापदण्डसम्म बनाइने छ । उनका अनुसार जिल्लाले केन्द्र सरकारको नीति अनुरुप काम गर्ने भएकाले माथिको निर्देशन अनुसार व्यवस्था गरिने छ ।

चाडवाडमा सबै क्षेत्रको सहयोग र सहकार्यबाट जोखिम कम गर्नुपर्ने प्रजिअको भनाई छ । उनले व्यवसायी, सामाजिक क्षेत्र र सरोकारका क्षेत्रहरुबाट सतर्कता अपनाउन नागरिकलाई आग्रह गरिने बताए । अब व्यवसायिक क्षेत्रमा भीड बढ्ने भएकाले त्यसका लागि उच्च सतर्कता अपनाउन व्यवसायीलाई विषेश आग्रह गरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु