#

स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा


स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिहीबार रातिको खेलमा जित हात पारेका स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा खेल्न लागेका हुन् ।

प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डले इजरायलमाथि पेनाल्टी सुटआउटमा जित निकाल्यो ।

केनी मेकलिनले स्कटल्याण्डका लागि बिजयी गोल गरेका थिए । नोभम्बर १२ मा सर्बियाबिरुद्ध प्राप्त गर्ने एक जितले स्कटल्याण्डलाई युरो २०२० मा छनोट गराउनेछ ।

सर्बियाले समेत प्लेअफको फाइनलमा स्थान बनाउन नर्वेलाई २–१ ले हरायो । अतिरिक्त समयको खेलमा जित निकाल्दै सर्बिया समेत युरो छनोटको नजिक पुगेको छ ।

सर्बियाको जितमा लाजियोका मिडफिल्डर सर्जेज मिलिन्कोभिक सेविकले दुवै गोल गरे । नर्वेका म्याथियस नर्मनले बराबरी गोल फर्काएका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु