#

दमकमै सुबिधा सम्पन्न आँखा अस्पताल, बिर्ता ज्योती आई केयर छोटो समयमै बिरामीको मन जित्दै


दमक — झापाको दमकमा खुलेको बिर्ता ज्योती आई केयर प्रालीले छोटो समयमै आँखाका बिरामीहरुलाई सहज र सर्बसुलभ सेवा दिएर बिरामीको विश्वास जित्न थालेको छ । गत सालको माघ ५ गतेबाट सेवा आरम्भ गरेको बिर्ता ज्योतीले १५ बेडको आँखा अस्पतालका स्विकृती समेत पाएर सेवा समेत सुरु गरेको संचालक मध्येका मोती बरालले जानकारी दिए ।
बिर्ता ज्योतीमा अहिले ३ जना आँखा बिशेषज्ञसहितको सेवा उपलब्ध रहेको बताईएको छ । डा. राजेश प्रधान, डा. चाँदनी प्रधान र डा.प्रनिता ढकालको दैनीक सेवा उपलब्ध रहेको बिर्ता ज्योती आई केयर प्रालीले जनाएको छ । मोतियाबिन्दु, जलबिन्दु, आँखाको टेढोपन, मासु पलाएको र आँखा सम्बन्धी अन्य रोगहरुको यहा उपचार हुने गरेको छ ।
बिगतमा दमकमा सुबिधासम्पन्न आँखा अस्पताल नहुँदा बिर्तामोड धाउनुपर्ने बाध्यता थियो । तर अहिले उक्त बाध्यताबाट मुक्ती पाईएको झापा गौरादहबाट छोराको आँखाको उपचारका लागि आएका बद्री संग्रौलाले बताए । बद्री मात्र हैनन् मोरङको उर्लाबारीबाट आएका दर्शन न्यौपानेले समेत दमकमै सुबिधासम्पन्न आँखा अूपताल खुलेपछि सहजताको महसुष भएको प्रतिक्रिया दिए ।
बिर्ता ज्योतीका डाक्टर राजेश प्रधान भन्छन्, “आँखा तुलनात्मक रूपमा हाम्रो शरीरको सबैभन्दा संवदेनशील अंगमा पर्छ । त्यसैले आँखाको उचित हेरचाहको पनि उत्तिकै जरुरी छ । आँखाको बनावटको आधारमा प्लस र माइनस पावर आवश्यक हुन्छ । यो कुरा धेरैलाई थाहा हुँदैन । कतिपय व्यक्ति थाहा पाएर पनि हेलचेक्र्याइँ गरी बसेका हुन्छन् । यसकै कारण आँखाको दृष्टि कम हुँदै गएर ज्योति गुम्ने खतरासमेत हुन्छ । त्यसकारण समयसमयमा आँखा जाँच गराएर चिकित्सकको सल्लाहअनुसार चस्मा लगाउनु पर्छ ।”
मोबाइल धेरै समयसम्म चलाउने, कम्प्युटरमा लगातार काम गर्ने व्यक्तिलाई समेत आँखाको समस्या हुन्छ । यसले आँखा सुक्खा बनाउँछ । कम्प्युटरबाट आउने नदेखिने विकिरणबाट बच्न समेत डाक्टरको सल्लाहअनुसार चस्मा लगाउनु पर्ने उनको सुझाव छ ।
यस्तै बिर्ताज्योती आँखा अस्पतालकी डा.चाँदनी प्रधानका अनुसार आँखालाई भिजाइराख्न र सुक्खा हुन नदिन समेत चिकित्सकको सल्लाहअनुसारको औषधि आवश्यक हुन्छ । बढ्दो जङ्कफुडको प्रयोगले समेत आँखामा समस्या आउँछ । हरियो सागपात, पहेँला फलफूल र भिटामिन ए पाइने खाना पर्याप्त मात्रामा खानु आवश्यक हुन्छ ।
दमकमा ८ महिना अघिबाट सञ्चालनमा आएको बिर्ता ज्योती आई केयरमा झापाको गौरीगञ्ज, गौरादह ईलामको चुलाचुली, मोरङको मधुमल्ला, उर्लाबारी, पथरी कानेपोखरीसम्म्का आँखाका बिरामीहरु आउने गरेका छन् । आगामी दिनमा बिर्ता ज्योती आई केयरले रेटिनाको सेवा समेत थप गर्ने योजना बनाएको सञ्चालक मध्येका एक मोती बरालले जानकारी दिए । बरालका अनुसार यस बिर्ता ज्योती आई केयरलाई टिचिङ ईन्स्टिच्यूटको रुपमा बिवकास गर्ने समेत योजना छ । त्यसका लागि आवस्यक प्रकृया र तयारीका कामहरु भईरहेको बताईएको छ ।
विश्व दृष्टि दिवसका अवसरमा आँखाका बिरामीलाई छुटै छुट
बिहिबार विश्व दृष्टि दिवस बिभिन्न औपचारिक कार्यक्रमहरुका बिच नेपालमापनि मनाईयो । दमकमा रहेको बिर्ताज्योती आईकेयरले भने कुनै औपचारिक कार्यक्रम नगरेपनि सो दिवसको अवशर पारेर आँखाका रोगीहरुका लागि बिशेष छुटको व्यवस्था गरेको जनाएको छ । बिर्ता ज्योतीमा आगामी कात्र्तीक ५ गतेसम्म १५ बर्षभन्द्या साना बिद्यार्थीहरुका लागि र ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुका लागि निशुल्क आँखा परिक्षणको व्यवस्था गरेको बताईएको छ । यस्तै अन्य सेवामा समेत बिशेष छुटको व्यवस्था गरिएको छ भने ओपीडि निशुल्क गरिएको जनाईएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु