#

झापाको कमलमा श्रीमानद्वारा श्रीमतीको हत्या


झापा, असाेज २४: झापाको कमल गाउँपालिका २ त्रिवेणी चाेकमा श्रीमानले श्रीमतीको हत्या गरेका छन । आज दिउँसो रामजी थापाले २४ बर्षीय श्रीमती रिता थापाको हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खुकुरी प्रहार गरि हत्या गरेका थिए । रिताकाे घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । दिउँसो ५.४५ बजे घटनास्थलमा प्रहरी पुगेको र अभियुक्त थापालाई प्रहरी पक्राउ गरेको छ । घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु