#

गाैरीगञ्जमा बजार सरसफाई, दिए सबैले साथ


चाडबाड नजिकिदै गरेको बेला गौरीगञ्जमा सकृय युवाहरुको समुहले शनिबार बजार सरसफाइ गरेका छन् । खजुरगाछी गौरीगञ्ज समाजसेवी युवा सँघको अगुवाइमा आज गौरीगञ्ज र खजुरगाछी बजारको सरसफाइ गरिएको हो । समाजसेवी युवा सँघको सरसफाइ अभियानमा उद्योग वाणिज्य सँघ गौरीगञ्ज र समुदाय – प्रहरी साझेदारी कार्यक्रमले समेत हातेमालो गरेको थियो ।

सरसफाइमा समाजसेवी युवा सँघका सदस्य हरु सँगै इलाका प्रसासन कार्यालयका प्रमुख धनञ्जय साह, वडा नँ ३ का वडाध्यक्ष मखना महतो, उद्योग वाणिज्य सँघ गौरीगञ्जका सचिब श्रवण गिरी, ईलाका प्रहरी कार्यालयका प्रमुख राकेश रेग्मी, गौरीगञ्ज ट्राफिक ईञ्चार्ज साजन कार्की लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु