#

मुलुकभरको मौसममा आंशिक बदली


बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव कम हुँदै जाँदा मुलुकभरको मौसममा आंशिक बदली भएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिम सर्दै गएको र प्रभाव पनि कम भएको मौसमविद्ले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पहाडी भू-भागका केही स्थानमा बदली रही वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । अन्य स्थानको मौसम भने सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु