#

बेलबारी नगरपालिकाले ड्रोनबाट भौगोलिक नक्शांकन तयार गर्ने


बेलबारी / मोरङको बेलबारी नगपालिकाले मानवरहित हवाई यन्त्र (ड्रोन)मार्फत भौगोलिक नक्सांकन तथा सर्वे डिजिटल प्रणलिबाट गर्न थालेको छ । आइतवार देखी नक्साकंन सुरु गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नगरप्रमुख ज्ञानेन्द्र सुबेदीले यस प्रकारको नक्साले नगरपालिकाको शहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न बलियो आधार निर्माण हुने बताए ।

नक्सांकन गर्न विभिन्न जीआइएस विज्ञ, ड्रोन पाइलट तथा सरकारी अधिकारीहरुलाई एकतावद्ध गरेर निश्चित उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ । यसको मुख्य लक्ष्य उच्च स्केलको नक्सा प्राप्ति गर्र्ने र उच्च रिजोलुसनको फोटोको आधारमा विस्तृत सहरी विकास योजना तथा विपद व्यवस्थापनमा सहयोग पुर्‍याउने नगरपालिकाले जनाएको छ ।

वाढि पहिरो डुवान हुने क्षेत्रको अबस्था समेत ड्रोन मार्फत खिचिन्छ नगरपालिका प्रमुख प्रशासकयि अधिकृत प्रदिप शाहले भने हामीलाई विपद ब्यबस्थापनलागि पुर्व तयारी गर्न सहज हुन्छ । नगरपालिकाका ३० स्थान बाट सेटलाईट सँग जिपिएस कोडिनेट मार्फत कन्ट्रोल पोइन्ट स्थपना गरी सर्वेक्षण गर्न लागिएको हो ।

नगरपालिकाले बिज्ञहरुलाई यो काम गर्ने जिम्मा दिएको छ । बेलायत बाट सिभिलि इन्जीनियरीङ सकेर ट्रान्स्पोटमा मास्टर गरेका बिबेक सिङले यो कामाको जिम्मा लिएका छन । डिजि निर्माण इन्जीनियरिङ प्रा.लि. बिराटनगरका संचालक समेत रहेका सिङले डिजिलाइजेसनले नगरको सचित्र प्रोफाइल बन्न सक्ने बताएका छन । सर्वेक्षण सकिएपछि मोवाइल एप मार्फत हेर्न मिल्ने सिङले बताए ।

नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्य सुभारम्भ भएको र यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनीयता नगरपालिकाको नियन्त्रणमा हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिका क्षेत्र भित्रको पर्यटकिय स्थल, सडक, लगायत बिकास निर्माणका कामाको डिपिआर, डिजाईन गर्न समेत कार्यालयमै बसेर गर्न सकिने गरी निर्माण गर्न लागिएको जनाइएको छ ।

आफ्नो घर आँगन, खेत, बारी एवं अन्य क्षेत्रमाथि देखिने ड्रोन यन्त्रहरुलाई नगरपालिकाको बिकास निर्माण उडान भइरहेको रुपमा लिई सहजता अपनाउन सम्पूर्ण नगरबासीमा नगरपालिकाले अनुरोध गरेको छ । प्रदेश १ मै बेलबारीले (ड्रोन)मार्फत भौगोलिक नक्सांकन तथा सर्वे डिजिटल प्रणलिबाट गर्न थालेको हो । अन्य पालिकाहरुमा भने यो सुरु गरीएको छैन ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु