#

यूईएफए नेशन्स लिग : इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले हरायो


यूईएफए नेशन्स लिग फुटबलमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले हराएको छ ।

राति भएको खेलमा इंग्ल्याण्डले बेल्जियमको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा बेल्जियमले अग्रता बनाएको थियो । तर ३९ औं मिनेटमा मार्कुस रासफोर्डले इंग्ल्याण्डलाई बराबरीमा पुर्याए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा इंग्ल्याण्डका मासुन माउन्टले गोल गर्न सफल भए ।

प्रतियोगितामा बेल्जियमको यो दोस्रो हार हो । यो जितपछि समूह बी मा रहेको इंग्ल्याण्ड ७ अंकका साथ शीर्ष स्थानमा छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु