#

सुनसरीका बिभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु


सुनसरी, असोज-२६ गते – सुनसरीको विभीन्न स्थानमा दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ । सुनसरी भोक्राहा नर्सिङ-१ स्थित राजमार्गमा प्रदेश न.२-०१-००१ प १६०७ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीय सोकील मियालाई ठक्कर दिदा उनको मृत्यु भएको छ । हिजो विहान पौने १० बजे बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएर गम्भिर घाईते भएका सोकीलको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसै गरी हिजो अपरान्ह सवाँ ४ बजे सुनसरी दुहबी कदमगाछी स्थित राजमार्गमा मे १ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले को १७ प ६९८१ नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचाका ७० बर्षीय कृष्ण दाहाल रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल, मोटरसाईकल चालक- सिराहा लहानका १९ को नरेन्द्र कुमार दास र ट्याङकर , ट्याङकर- चालक ईलामका २४ बर्षीय निरस हुमागाई नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यस्तै हिजो राती पौने १२ बजे सुनसरी भोक्राहानरसिंह-१ खोनिया पुल स्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३७/३८ बर्षीया महिला रहेकी जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनि ट्रकमै च्याप्पिएर घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिईन । उनको शव जिल्ला अस्पताल ईनरुवा सुनसरीमा राखीएको छ । यता ट्रक चालक सुनसरी लालपुर-४ का ३२ बर्षीय अनुप चौधरी घाईते भएकोमा उनको विराट नर्सीङहोम विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु