जीवनशैली

झापाको गौरादह ४ का १ कोरोना संक्रमित वृद्धको मृत्यु


      २०७७ कार्तिक १६, आईतवार ०८:०१

झापा : झापाको गौरादह नगरपालिका वडा न ४ मिलन चोकका ७२ वर्षिय १ वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका वृद्धको हिजो राती करिब ८:१५ बजे तिर मृत्यु भएको मृतकका छोराले बताए ।

बिगत २० बर्ष देखि दीर्घ रोगी वृद्धलाई गत कार्तिक १३ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थमा समस्या आएपछि उपचारका लागि उनलाइ दमक स्थित निम्स हस्पिटलमा कोरोना को शंका लागेपछी कोरोना भाइरस परिक्षण गर्दा कोरोना पुष्टि भएको परिवारका एक सदस्यले जानकारी दिए ।
मृतक वृद्धको शब आज (आइतबार) बिहान नेपाली सेनाको शब ब्यवस्थापन टोलिले स्थानीय किस्ने घाटमा शबलाई अन्तिम संस्कार गर्ने गौरादह नगरपालिका वडा न ४ का वडाध्यक्ष मणिन्द्र कार्कीले जानकारी दिए ।

हालसम्म कोरोना संक्रमणका कारण गौरादह-१ का ३ जना पुरुष र ६ नं. वार्डका १ जना पुरुष र गौरादह ४ का १ पुरुष गरी ५ जना पुरुषको कोरोनाका कारण मृत्यु भइ सकेको गौरादह नगरपालिका स्वास्थ शाखा सह संयोजक गोबिन्द श्रेष्ठले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु