जीवनशैली

गौरीगञ्जमा पुनः आंशिक लकडाउन, दिनमा ४ घण्टा मात्र पसल खुल्ला गर्न पाइने


      २०७७ कार्तिक १८, मंगलवार १४:०८

कोरोना भाइरसको संक्रमण तिब्र बन्दै गएपछि गौरीगञ्ज गाउँपालिकाले पुनः आशिंक लकडाउन गर्ने निर्णय गरेको छ । गौरीगञ्ज गाउँपालिकाको सीसीएमसीको वैठकले मंसिर ६ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुले संक्रमितहरु आइसोलेसनमा रहेकाहरु तथा मृतकहरुको लगत अनिवार्य रुपमा राख्नु पर्ने ।गाउँपालिकामा पर्ने अन्तर्राष्ट्रिय खुला सिमानावाट हुने आवतजावत तथा ओसारपोसारलाई पूर्ण रुपमा बन्द गर्ने । तर मानविय उद्दार गनुपर्ने अवस्था आइपरेमा गा.पा. तथा सुरक्षा निकायको समन्वयमा उद्दार गर्ने निर्णय गरेको छ ।नेपालीहरु महान चाड दिपावली खेलिने देउसी भैलो तथा छैठमा हुने भिडभाड कम गर्नका लागि देउसी भैलो खेल्न नदिने र जलासयहरुमा हुने भिडभाड कम गर्ने गराउने । साथै चाडपर्वको समयमा हुने मेला जात्रा लाई पूर्ण रुपमा बन्द गर्ने गराउने निर्णय भएको गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले जनाकारी दिए ।त्यस्तै गाउँपालिका भरिका सम्पूर्ण साप्ताहिक हाट बजार तथा गुद्रि बजारहरु पूर्ण रुपले बन्द गर्ने । सटहरमा रहेका पसलहरु औषधि पसल, दुध डेरी, कृषि सामाग्री, पशु औषधि पसलहरु देखि बाहेक अन्य पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि २ बजे सम्म मात्र खोल्न दिने र पसलमा व्यक्तिगत सुरक्षा सामाग्री तथा विश्वव्यापी सुरक्षा मापदण्डहरु अपनाउनै पर्ने बाध्यकारी नियम पालन गराउने गरेर मात्र व्यवसाय सञ्चालन गर्ने पालिकाको निर्णय छ ।
पालिका भित्रका सरकारी तथा गैरसरकारी बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि २ बजेसम्म मात्र सञ्चालन हुने छन् ।नागरिकको कामका लागि वडा नं. १ र २ को कार्यालय आइतबार र सोमबार, ३ र ४ को कार्यालय विहीबार र शुक्रबार र ५ र ६ को कार्यालय मंगलबार र बुधबारमात्र खुल्ला हुने गाउँपालिकाले जनाएको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु