जीवनशैली

काेराेना देखिएकी दमककी एक युवती मृत फेला


      २०७७ कार्तिक १९, बुधबार १२:५५

कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक ५ की एक युवती आफैं सुत्ने कोठामा मृत भेटिएकी छिन ।
दमक ५ की २२ वर्षिया दीक्षा लिम्बु मृत फेला परेकी हुन । उनले गएराति झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकी ति युवती घरको कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले बताए ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले पनि ति युवतीमा कोरोना देखिएको पुष्टि गरे । प्रहरीले उनको शव अहिले घेरा हालेर राखेको छ । नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने डिएसपी पण्डीतले बताए । त्यस्तै दमकका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं १ का ६५ वर्षिय फौदसिंह राई रहेका छन् । उनको विराटनगरको नोवेल हस्पिटलमा आज विहान ३ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनलाई कात्तिक १२ गते नोवेलमै संक्रमण पुष्टि भएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु