जीवनशैली

च्याउ फार्ममा तास खेल्ने नौ जना पक्राउ


      २०७७ कार्तिक १९, बुधबार १३:०३

रंगेलीमा च्याउ उत्पादन गर्ने घरभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ ।
मंगलबार राति रंगेली–७ नयाँटोलस्थित लक्षु महतोले सञ्चालन गरेको च्याउन उत्पादन गर्ने घरभित्र तास खेलिरहेका नौजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रंगेली–४ का २९ वर्षीय विकासकुमार मण्डल, ३५ वर्षीय कमल देव, धीरेन साह र लक्षुमहतो, १९ वर्षीय भोलेलाल मण्डल र दीपक मण्डल, ६५ वर्षीय श्रीप्रसाद मुखिया, ३७ वर्षीय झम्सी यादव तथा २० वर्षीय चन्दन मण्डल रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा इप्रका रंगेलीका प्रहरी निरीक्षकसहितको टोलीले उनीहरुलाई ५९ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु