जीवनशैली

संघीयतालाई असफल बनाउने षडयन्त्र भइरहेको छ : मुख्यमन्त्री राई


      २०७७ कार्तिक १९, बुधबार १५:४८

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयतालाई असफल बनाउने षडयन्त्र भइरहेको बताएका छन्। बुधबार विराटनगरमा नेपाल स्काउट प्रदेश १ तदर्थ समितिको सपथ ग्रहण कार्यक्रममा बोल्दै राईले अस्थिरता निम्त्याउने खेल सुरु भइसकेको बताए।

‘अहिलेपनि यो संविधानलाई कार्यान्वयन नगराउन र संघीयतालाई असफल बनाउन विभिन्न ठाउँबाट षडयन्त्र भइरहेका छन्’, उनले भने, ‘नेपाललाई फेरि अस्थिरतातर्फ कसरी धकेल्न सकिन्छ भन्ने कार्यहरु भइरहेका छन्। त्यसतर्फ हामी सचेत हुनुपर्छ।’

परिवर्तनका उपलब्धिलाई जोगाउँदै जनताको सपना पूरा गर्न समृद्धिको यात्रा तय गर्नुको विकल्प नभएको भन्दै राईले यसका लागि सबैजना एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।

मुख्यमन्त्री राईले जनताको चाहना स्थायी शान्ति, सुशासन र विकास भएको भन्दै सबै तहका सरकारले सोही मर्मलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु