जीवनशैली

“संक्रमणकाे समयमा संचारकाे महत्त्व ” – एक शिक्षककाे हाेम आईसाेलेसन अनुभब


    निर्मल गड्ताैला, झापा   २०७७ कार्तिक २१, शुक्रबार ११:५७

फेसबुकमा जाेडिनु हुने सम्पूर्ण साथीहरुमा हाम्रो नमस्कार ।
हामी २०७७ कार्तिक १४ गते देखि ( अाज ७ दिन भयाे ) काेभिड १९ बाट संक्रमित भई हाेम अाईसाेलेसनमा छाै। अहिले हामी दुबै जना( श्रीमान्/ श्रीमती) , ९ बर्षकाे छाेरा र ५ बर्षकि छाेरी पुर्ण रुपमा अाराम छाै। हामीमा देखा परेका लक्षणहरु फरक फरक थिए , तर अहिले हटि सके ।
यस समयमा हामीलाई फाेनमा , मेसेन्जरमा भेटेर सु:स्वास्थकाे कामना व्यक्त गर्नुहुने अाफन्त,साथीहरु र मान्यवरहरुलाई अत्यन्त हार्दिक अाभार व्यक्त गर्दछाै।
मेराे बुबाले हामीलाई ८/ ८ घण्टामा फाेन गरेर स्वास्थ्य जानकारी लिनु हुन्छ,मेराे स्वर बाटै म स्वस्थ छु/ छैन थाहा पाउनु हुन्छ ।मेरा भाईहरु, बुहारीहरु,सालाभाई, अास्था टाेल विकास समितिका अध्यक्षज्यू, सचिवज्यू,अास्था कलेजका कर्मचारी साथीहरु शिक्षक साथीहरु, छिमेकी मित्रहरुले त हामीलाई भेटेरै ( दुरि कायम गरि) स्वास्थ्यकाे जानकारी लिनु भयाे।हामीलाई अावस्यक पर्ने सामग्री ल्याई दिएर सहयाेग गरिरहनु भएकाे छ।

जति बढी खुसी हुन सक्याे त्यतिनै चाँडाे याे राेगबाट मुक्त हुन सकिने हुनाले धेरै भन्दा धेरै साथीहरुसँग कुरा गर्न पाउनाले हामीलाई अत्यन्त उर्जा मिल्याे।याे समय यसरी वित्याे कि साथीहरुसँग कुरा गर्दा गर्दै हामीलाई संक्रमण भएकाे कुराले कुनै चिन्ता ल्याएन।

हाम्रो घरमा TV छैन।छाेरा र छाेरी हरेक समय छिमेकि साथीहरुसगै खेल्ने गर्थे, खुल्ला चाैरमा साथीहरुसँग खेल्न धेरै मन पराउने भएकाले उनीहरुलाई खुसी राख्न सकिन्छ कि सकिदैन भनेर हामीलाई सुरु देखि चिन्ता थियाे, तर जब हाम्राे बारम्बार अाफन्त, साथीहरु र मान्यवरहरुसँग कुरा हुन थाल्यो उनीहरु हाम्रो कुरा सुनेरै षन्ताेकि भएका छन्, स्वास्थ अनुशासनकाे पालना गरिरहेका छन्।

हामी घरकाे छतबाट,घरकाे वरण्डा बाट छिमेकीहरुसँग अारामले कुरा गरिरहेका छाै बाटाेमा हिड्नु हुने चिनजानका मित्रहरुसँग मज्जाले कुरा हुने भएकाेले खासै थाकेकाे/ गलेकाे महसुस हुन पाएन।
अन्य संक्रमित साथीहरु के के गर्दैहुनु हुन्छ, कस्तो वातावरण प्राप्त गर्नु भयाे थाहा भएन तर हामीले पाएकाे मनाेवैज्ञानिक उर्जाले निकै शक्ति मिल्याे।

ताताे खानु पर्छ एउटा कुरा हाे,पाैष्टिक खानु पर्छ अर्काे कुरा हाे र खाद्य अनुशासनलाई अत्यन्त ध्यान दिनु पर्छ त्यो पनि महत्त्वपुर्ण कुरा हाे ।तर याे हाेम अाईसाेलेसनमा रहदा मन देखि मन सम्म जाेडिन पाउने कुराले , कुरा साटासाट गर्न पाउने कुराले ,खुसी रहने कुराले खाएकाे अाैषधि जत्तिकै शक्ति मिल्दो रहेछ भन्ने अनुभुत भयाे।

अन्त्यमा हामीलाई असिम मायाका साथ शु: स्वास्थ्यकाे कामना व्यक्त गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ।

२०७७ कार्तिक २१ गते, दमक -४ झापा ,अास्था टाेल।
धन्यवाद ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु