जीवनशैली

दमकमा २८ सहित प्रदेश १ मा आज ४९८ संक्रमित थपिए


      २०७७ कार्तिक २२, शनिबार १८:५९

प्रदेश १ मा आज ४९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६-१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा २-२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार विराटनगरमा ११७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४६ महिला र ७१ पुरुष छन् । मोरङको सुन्दरहरैचा र बुढीगंगामा १३-१३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, रंगेलीमा ६, उर्लाबारी र कटहरीमा ४-४, सुनबर्षी, रतुवामाई, कानेपोखरी र ग्रामथानमा ३-३, मिक्लाजुङमा २, केराबारी, लेटाङ र जहदामा १-१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।सुनसरीको इटहरीमा ६३, धरानमा ४२, इनरुवामा १०, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी, बर्जु, रामधुनी र देवानगञ्जमा २-२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।यता झापाको दमकमा २८, बिर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा ८-८, कनकाईमा ७, मेचीनगरमा ४, गौरादहमा ३, शिवसताक्षी र बुद्धशान्तिमा २-२, अर्जुनधारा र बाह्रदशीमा १-१ र स्थानीय तह नखुलेका ८, खोटाङको दिप्रुङ चुईचुम्मा १२, बराहपोखरी, दिक्तेल रुपाकोट मझुवागढी, जन्तेढुङ्गा र स्थानीय तह नखुलेका १-१, उदयपुरको त्रियुगामा ११, कटारीमा ३ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै, इलामको इलाम नगरपालिकामा ४, सूर्योदय, माईजोगमाई, देउमाई र रोङमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, पाँचथरमा २, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, संखुवासभाको मादी र खाँदबारीमा १-१, तेह्रथुमको म्याङलुङ र आठराईमा १-१, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६१५ पुगेको छ ।प्रदेश १ मा आज ५२७ जना डिस्चार्ज भएका भएका छन् । होमआईसोलेसनबाट ५२४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५६७ पुगेको छ ।प्रदेश १ मा आज २ हजार ६७५ जनाको पीसीआर परीषण गरिएको छ । परीक्षण गरिएका मध्ये १९८ महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६९ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु