जीवनशैली

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिए


      २०७७ कार्तिक २३, आईतवार १८:३१

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने १ हजार १ सय ४९ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको छ।

ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार १ सय ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै थप २१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ३ सय ९८ जना कोरोना संक्रमितको आईसीयुमा र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु