जीवनशैली

मुख्यमन्त्री राई आईतबार दिनभर गृह जिल्लामा ब्यस्त


      २०७७ कार्तिक २३, आईतवार १८:४१

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर सदरमुकामदेखि टक्सार विमान स्थलसम्मको कालोपत्रे सडकको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री राईले आइतबार एक कार्यक्रमका बीच सडकको उद्घाटन गर्नुभएको हो ।

जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको १६ करोड ९२ लाख लागतमा सडक कालोपत्रे गरिएको हो । रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको यो सडकको लम्बाई ५ किलोमिटर रहेको छ । कालोपत्रेको मोटाई ४ सेन्टिमिटर रहने जनाइएको छ । मुख्यमन्त्री राईले २०७६ वैशाख ७ गते शिलान्यास गर्नु भएको थियो । शिलान्यास गरेको डेढ वर्षपछि सडक उद्घाटन गरिएको हो ।

त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारको पाँच करोड दुई लाख ६८ हजार लागतमा निर्माण हुने भोजपुर सभाहल र तीन करोड लागतमा बन्न लागेको यलम्बर सभाहलको पनि शिलान्यास गर्नु भएको छ । मुख्यमन्त्री राईले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको समेत उद्घाटन गर्नुभएको छ । यस कार्यालयले भोजपुर र संखुवासभालाई सेवा दिने बताइएको छ ।

मुख्यमन्त्री राईले सोमबार टेम्के डाँडामा बन्न लागेको ‘टेम्के भ्यू’ टावरको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सोमबार नै टेम्केमैयुङ गाउँपालिकालाई ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने कार्यक्रम छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु