जीवनशैली

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको सार्वजनिक यातायात बन्द घोषणा फिर्ता


      २०७७ कार्तिक २३, आईतवार १९:३३

यातायात व्यवसायीले नै अटेर गरेपछि सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको सार्वजनिक यातायात बन्द घोषणा फिर्ता लिएको छ ।

आज (आइतबार) बाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द गर्ने महासंघको घोषणा यातायात व्यवसायीहरुले नै अटेर गरेका हुन् ।

गत बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेशभर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी गराएपनि बन्द असफल भएसँगै महासंघले फिर्ता लिएको हो ।

केही बिचौलियाहरुले यातायात व्यावसायीहरुको तमाम मागलाई पूरा हुन नदिई व्यावसायी र मजदुरकै अहित नोक्सान हुने गरी व्यवसायी बीच नै चलखेल भएको बताउँदै महासंघले एक विज्ञप्ती जारी गरेर बन्द फिर्ता लिएको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु