जीवनशैली

प्रधानमन्त्रीज्यू, दश वर्षअघि तपाईंले गरेको हस्ताक्षर हेनुस् त !


      २०७७ कार्तिक २४, सोमबार १८:४२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले गरेका निर्णयहरुलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले कार्यन्वयन नगरी बैठकसमेत बस्न मानेका छैनन् । अहिले १० वर्षअघि स्वयं ओलीले तात्कालिन नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री कसरी विरोध गरेका थिए ?

एउटा दस्तावेज यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । जुनबेला ओलीसहितको बहुमत स्थायी कमिटीले खनाललाई प्रश्न गर्दै स्थायी कमिटीको निर्णय कार्यन्वयन गर्न हस्ताक्षरसहित पत्र लेखेका छन् । त्यही प्रकारको पत्र अहिले कार्यकारी अध्यक्ष प्रचण्डसहितको टिमले लेख्दा त्यसलाई उनले अपव्याख्या गरेका छन् ।

तात्कालिन नेकपा (एकीकृत माओवादी)को सहयोगमा गठित खनाल नेतृत्व सरकारप्रति तात्कालिन एमालेले गरेको निर्णय कार्वान्वयन गर्न खनाललाई दबाब दिइएको थियो ।

२०६७ फागुन ३ गते पत्र लेख्दै भनिएको छ– ‘सरकार गठन र सञ्चालन लगायतका सबै काम कारवाही पार्टीको संस्थागत विधी प्रकृया र निर्णय अनुरुप हुनुपर्ने कुरा कमरेडलाई अवगत नै छ । यस अनुरुप नगरी पार्टी स्थायी कमिटीको निर्णय विरुद्ध कुनै काम गरिएमा त्यो काम मान्य नहुने अवगत गराउँदछौं । त्यस्तो अवस्थामा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवारी स्वयं तपाईंको हुनेछ ।’ अहिले ओलीले स्वयं बैठकका निर्णयहरु कार्यन्वयन गर्ने भनि जिद्दी गरेर बसेका छन् । इतिहासमा आफू प्रतिकुल हुँदा ओली कतिसम्म दबाब दिन्छन भन्ने यो दस्तावेजले पुष्टि गरेको छ ।

अहिले त्यही स्थानमा ओली छन् । तर, अनेक तर्क गरेर पार्टी निर्णय र बहुमतलाई अस्वीकार गर्दै पार्टी विभाजनको दिशातिर भनि अनेक चालबाजी गरेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु