जीवनशैली

आज देशका केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने


      २०७७ कार्तिक २७, बिहीबार ०९:०५

आज देशका केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।

आज प्रदेश नम्बर एक, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी ठाउँमा दिउँसो सामान्यतया मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति पनि वाग्मती र प्रदेश एकको केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने कँडेलले बताउनुभयो । आज बिहान काठमाण्डौको तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

यसैबीच यो वर्षको तिहारमा आंशिक बद्ली हुन सक्ने देखिएको छ । तर पानी पर्ने, नपर्ने बारे भने १/२ दिनमा मात्र थाहा हुने मौसमविद् कँडेलले बताउनुभयो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु