जीवनशैली

घरमै अक्सिजन र खाद्यान्न पुर्याउने निर्णय


      २०७७ कार्तिक २७, बिहीबार ०९:२०

झापा, झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेशनमा बसेका कोभिड–१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्याउने निर्णय गरेको छ ।

नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमाम बसेका बेला कुनै संकट नहोस् भनेर नगरपालिकाले न्यूनतम् १४ दिनका लागि पुग्ने खाद्य सामग्री राहतमा उपलब्ध गराउने समेत निर्णय गरेको हो ।

नगरपालिकाले धाइजन स्वास्थ्य चौकी रहेको भवनमा ३० शै्ययाको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय यसअघि गरिसकेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु