जीवनशैली

रौतहटमा गोली हानी एक युवतीको हत्या


      २०७७ कार्तिक २७, बिहीबार ०९:३९

रौतहट, रौतहटमा फेरि एक युवतीको हत्या भएको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ निवासी १८ वर्षिया युवती अनिता कुमारी साहको गोली हानी हत्या भएको हो ।

उनलाई गएराती ११ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धिबिक्रम साहले जानकारी दिनुभयो ।

प्रहरी उपरिक्षक साहका अनुसार युवतीको टाउकोमा गोली लागेको छ । हाल सो स्थानमा प्रहरीको टोली पुगेर घटनास्थल सिल गरिसकेकाे छ भने थप अनुसन्धान गरिरहेको छ । युवतीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु