जीवनशैली

झापाको दमक नगरपालिकाका वडा कार्यालयहरुको भवन निर्माण धमाधम


      २०७७ कार्तिक २९, शनिबार ११:५०

झापा — झापाको दमक नगरपालिकामा जम्म १० वटा वडाहरु रहेका छन् । दमक नगरपालिकाको १० वटा वडाहरु मध्ये चालु आर्थिक वर्षको समपुरक अनुदान अन्र्तगत तिनै तहका सरकारको आर्थिक सहयोगमा ६ वटा वडा कार्यालयको भवन निर्माण कार्य शुरु गरिएको दमकका नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए ।
चालु आर्थिक वर्ष भित्रमै भ्याट बाहेक ३ करोड १९ लाख रुपैयाको लागतमा ६ वटा वडाहरु वडा नम्बर २, ३, ४, यसैगरी ८, ९ र १० नम्बर वडाका वडा कार्यालय भवन निर्माण हुने नगर प्रमुख ओलीले जानकारी दिए ।
सवै वडा कार्यालयहरुको माङसुवा प्रबिण जेभिले दमक नगरपालिकासँग १६ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि गत जेठमा सम्झौता गरेर निर्माण कार्य शुरु गरेको निमार्ण व्यावसायी मोहन अधिकारीले जानकारी दिए ।
हाल वडा नम्बर ४ को कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी अधिकारीले जानकारी गराए । वडा नम्बर २ को भवन निर्माण कार्य जारी रहेको र बाँकी वडाहरुका कार्यालय भवनको पनि क्रमश निर्माण कार्य शुरु गरिने निर्माण व्यवसायी अधिकारीको भनाइ छ ।
१० नम्बर वडा कार्यालयको भवन आज शिलान्यास
दमक नगरपालिका वडा नम्बर १० को वडा कार्यालय भवनको शनिवार शिलान्यास गरिएको छ । वडा कार्यालय भवनको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बैधिक बिधि अनुसार शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै दमक नगर प्रमुख रोमनाथ ओलीले दमक नगरपालिकको समग्र बिकाशका लागि बृहत्तर गुरु योजना निर्माणको कामपनि भईरहेको बताए । सार्वजानिक शौचालय र पार्किङ सहितको ५ कोठाको एक तले पक्कि भवन निर्माण हुने वडा अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु