खेलकुद

नेपाल र बंगलादेश बिचको दोश्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमै सकियो


      २०७७ मंसिर २, मंगलवार १९:०९

झापा – बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशविरुद्ध दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ ।
ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग आज भएको प्रतिस्पर्धामा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्ण खेलमा दुबै टोलीले गोल गर्ने अवशर पाएपनि गोल गर्न भने सकेनन् ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु