जीवनशैली

मोरङमा जुवा खेलिरहेका ७ जना पक्राउ


      २०७७ मंसिर २, मंगलवार २०:३३

ईलाका प्रहरी कार्यालय लेटाङले जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ।

लेटाङ नगरपालिका ९, जाँतेस्थित स्वेता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा बिहान २ बजे उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा लेटाङ ९ का ४५ बर्षीय ददिराम पौडेल, २५ बर्षीय निर्मल मगर, ३१ बर्षीय रञ्जित गजमेर, ५२ बर्षीय नरध्वज खड्का, ३२ बर्षीय चन्द्रबहादुर गौतम, ३९ बषीृय सिरि कुमार पुलामी मगर र तेह्रथुमका यमकुमार शेर्पा रहेको लेटाङ प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट १ लाख ८८ हजार ७ सय ४५ रुपैया पनि वरामद भएको छ भने कौडा १ सेट र ६ बुक तास पनि भेटिएको । जुवा खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु