जीवनशैली

झापाका नेकपा नेताहरु पार्टी एकताकै पक्षमा, पार्टी फुटे गम्भिर दुर्घटना हुने भन्दै चिन्ता ब्यक्त


    सुदिप अधिकारी   २०७७ मंसिर ५, शुक्रबार १८:२५

सुदिप अधिकारी, झापा — सत्तारुढ नेकपाको आन्तरिक बिबाद यतिबेला उत्कर्षमा पुगेको छ । यद्यपी बुधबारको सचिवालय बैठकबाट केही समययता उत्कर्षमा पुगेको नेकपाको विवाद केही दिनका लागि साम्य भएको छ । प्रचण्डको काउन्टरमा ओलीको कस्तो प्रस्ताव आउँने हो भन्ने चासोको विषय बनेको छ । यहि बिचमा झापाका कम्युनिष्ट नेताहरुले भने नेतृत्वलाई पार्टी एकता जोगाउनका लागि बिभिन्न सुझाव दिएका छन् ।
बि.सं २०२८ सालमा सुरु भएको झापा बिद्रोहनै पूर्वीय कम्युनिष्टहरुको अभ्यास स्थल बन्न पुग्यो । समयचक्रसँगै राजनीतिक चक्रपनि घुम्दै फिर्दै गयो । यस बिचमा देशभित्र कम्युनिष्टहरु फुट्ने र जुट्ने क्रम चलिनै रह्यो । पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच एकता भयो र नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्न पुग्यो । तर एकताको धेरै समय बित्न नपाउँदै पार्टीभित्र देखिएको आन्तरिक कलह पार्टी बिग्रहको दिशातर्फ मोडिएको प्रचार हुन थालेको छ ।
यस बिचमा झापाली नेताहरु पार्टी एकता जोगाउन नेतृत्वलाई बिभिन्न सुझाव दिईरहेका छन् । नेकपा झापाका ईन्चार्ज रबिन कोईराला पार्टी एकता जोगाउन दुई अध्यक्षनै जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, “नेतृत्वले जनमतको कदर गर्न सिक्नुपर्छ । यदि त्यसो भएन भने मुलुक मात्रै हैन सिङ्गो नेकपानै गम्भिर दुर्घटनामा पर्न सक्छ ।”
कुनै समय थियो नेपालका कम्युनिष्टहरूलाई झापाली भनेर चिनिन्थ्यो । सशस्त्ररूपमा झापाबाट सुरु भएको कम्युनिष्ट बिद्रोहले आज शान्तिको बाटो अपनाईसकेको छ । बि.सं २०२८ सालमा सुरु भएको झापा बिद्रोहनै पूर्वीय कम्युनिष्टहरुको अभ्यास स्थल बन्यो । समयचक्रसँगै राजनीतिक चक्रपनि घुम्दै फिर्दै गयो । यस बिचमा देशभित्र कम्युनिष्टहरु फुट्ने र जुट्ने क्रम चलिनै रह्यो ।
पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच एकता भयो र नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्न पुग्यो । तर एकताको धेरै समय बित्न नपाउँदै पार्टीभित्र देखिएको आन्तरिक कलह पार्टी बिग्रहको दिशातर्फ मोडिएको प्रचार हुन थालेको छ ।
तर नेकपाको तल्लो तहका नेता कार्यकर्ता भने पार्टी बिग्रह भन्दापनि एकताकै पक्षमा उभिएका छन् । नेकपा झापाका नेता एबम प्रदेश १ को प्रदेश कमिटी सदस्य समेत रहेका झलकसिंह दर्लामी नेतृत्वले आ–आफ्नो गल्ती कमी कमजोरीलाई सच्याएर छलफलबाटै निकाश निकाल्नुपर्ने सुझाव दिन्छन् ।
नेकपा झापाका अध्यक्ष चिन्तन पाठक पार्टी एकतालाई जोगाउँनका निम्ती पार्टीको मुल मर्मलाई दुबै अध्यक्षले बोक्नुपर्ने बताउँछन् । दुई नेताबिचको बिबाद पार्टीभित्र झगडाको बिउ बनाउन नहुनेमा उनको सुझाव छ ।
यस्तै पार्टी कुनै हालतमा फुट्न नहुने र नेतृत्वले सहि समयमा सहि निश्कर्ष निकाल्नुपर्नेमा जोड दिन्छन् नेपाल कम्युनिष्ट पार्टी नेकपाका झापाली नेता एबम पार्टीको प्रदेश कमिटी सदस्य गगन पुरी ।
तर पछिल्ला केहि महिना यता चुम्बकका समान ध्रुबहरु एकैतिर हुदा बिकर्षण हुन्छ भनेझै भईरहेको छ नेकपाभित्रपनि । यस्तो अवस्थाका बिच पटक पटक पार्टी फुटको संघारमै पुग्यो भनेर प्रचार भईरहँदा कम्युनिष्टहरुको उर्बरभूमि मानिएको झापाबाट झापाका कम्युनिष्ट नेताहरुले नेतृत्वलाई दिएको सुझाव आत्मसाथ गर्लान या नगर्लान त्यो भने प्रतिक्षाकै बिषय बन्नेछ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु