जीवनशैली

गाै हत्याकाे आराेपमा दमकमा ४ जना पक्राउ


      २०७७ मंसिर ६, शनिबार १४:१३

झापाको दमकबाट गौ हत्याको आोपमा चार जना पक्राउ परेका छन् ।
दमक प्रहरी प्रमुख बिजयाज पण्डितका अनुसार गाईको बाछो काटेर घरमा मासु लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा दमक प्रहरीले हिजो बेलुका छापा मारेर दमक ७ का २० वर्षिय बब्लु अली, सोही ठाउँका ४२ वर्षिय ढकराज रामदाम , २७ वर्षिय छोटे अली र २९ वर्षिय प्रदीप सुवेदीलाई नियन्त्रणमा लिईएको हो ।
उनीहरुले बिहीबार बेलुकै बाछो काटेर केही मासु खाइसकेका र करिव १० केजी मासुुसहित उनीहरुलाई पक्राउ गरिएको दमक प्रहरी प्रमृुख प्रहरी नायव उपरीक्षक पण्डितले बताए । उनीहरुमाथि गौहत्याको आरोपमा कार्वाही चलाइने तयारी भईरहेको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु